गान्तोक। सिक्किम डेमोक्रटिक फ्रण्टबाट राज्यसभा सांसद श्री हिस्से लाचुङपाले गत 30 जनवरीको दिन केन्द्रीय संसदीय मन्त्री प्रह्लाद जोशीद्वारा डाकिएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) -को भर्चुअल भैठकमा भाग लिनुभएको जानकारी एक प्रेस विज्ञप्तिमार्फत् थाहा लागेको छ।
उक्त बैठकको अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो भने केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जे.पी. नड्ढालगायत अन्य उपस्थित थिए।
बैठकमा श्री लाचुङपाले बताउनुभएअनुसार एसडीएफ पार्टीले एनडीएलाई विगत 2014 -देखि नै समर्थन गर्दैआइरहेको अनि भविष्यमा यो समर्थनलाई जारी राखिरहनेछ।
बैठकमा अन्य मुद्दाहरू उठाउनुसँगै श्री लाचुङपाले केन्द्र सरकारसमक्ष सिक्किममा पर्यटन क्षेत्रलाई पुनर्जीवित अनि सुदृढ़ीकरण गर्न जम्मै सम्भव सहयोगहरू प्रदान गर्न, पर्यटन सरोकारवाला अनि ट्रान्सपोर्ट सञ्चालकहरूलाई राहत गुच्छ प्रदान गर्न आग्रह गर्नुभयो।
श्री लाचुङपाले धेरै समयदेखि थाँतीमा रहेको सिक्किम विधानसभामा लिम्बू-तामाङको सीट, भर्खरै राज्य सरकारले सिफारिश गरेको माझी समुदायलगायत 11 जातगोष्ठीलाई अनुसूचित जनजातिमा गाभ्ने माग पनि दोहोऱ्याए। उनले यी मुद्दाहरू सोझै प्रधानमन्त्रीलाई नै सम्बोधन गर्दै उठाएका थिए।
श्री लाचुङपाले यी लम्बित मुद्दाहरू पूर्व एसडीएफ सरकारले ने उठाएका हुन् भनी बैठकलाई जानकारी गराए। प्रधानमन्त्री मोदी अनि भाजपा अध्यक्ष नड्ढाले पनि बैठकलाई सम्बोधन गरेका थिए।