सिक्किमको व्यापारिक मूल्यमा जुन आश्चर्यजनक वृद्धि भएको छ त्यो अप्रत्याशित वृद्धि हो भनी पत्रकार पलक शाहले भनेका छन्। पलक शाह ‘द मार्केट माफिया’ पुस्तकका लेखक तथा हिन्दू, बिजनेस लाइन, इकोनोमिक टाइम्स, बिजनेस स्ट्यान्डर्ड र फाइनान्सियल एक्सप्रेसका वित्तीय पत्रकार हुन्।
रिपोर्टअनुसार कमोडिटी एक्सचेन्ज अर्थात् वस्तु विनिमय (यसमा खाद्यान्न, कृषि उत्पाद, काँचो पदार्थहरू तथा धातुहरूको किनबेच हुने गर्दछ)- मा सिक्किमको व्यापारिक मूल्य फरवरी महिनामा मात्रै ४५,००० करोड (६ बिलियन अमेरिकी डलर)-भन्दा बढ़ी पुगेको छ।
देशभरिका विशेषज्ञहरू भन्छन्, माथि उल्लेखित श्रेणीका वस्तुहरूको व्यापार गर्न राज्यबाहिरका व्यापारीहरूले सिक्किमका वासिन्दाहरूलाई प्रतिनिधिको रूपमा प्रयोग गरिरहेका छन्। ट्वीटरमा यस आशयका कुरा राख्दै शाहले भनेका छन्, ‘उक्त वृद्धि अप्रत्याशित हो अनि सरकारले यसको खोजबीन गर्नु आवश्यक छ।’ उनले ट्वीटमा प्रधानमन्त्रीको कार्यालय र वित्त मन्त्रालयलाई ट्याग गरेका छन्।