७५ औं स्वाधिनता दिवसको पावन अवसरमा एसडीएफ अध्यक्ष एवम् पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले राज्यवासीलाई हार्दिक शुभकामना दिनुभएको छ। आफ्नो फेस बुक पेजमा श्री चामलिङले प्रकाशित गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, हाम्रो महान राष्ट्रको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा म सिक्किमका जनतालाई हार्दिक शुभकामना अर्पण गर्दछु। ७५ वर्ष पहिले, हाम्रो देश ब्रिटिश शासनको लामो बन्धनबाट मुक्त भएको थियो। हामीलाई स्वतन्त्रता र स्वतन्त्रताको जीवन बिताउन दिन असंख्य मानिसहरु र अनगिन्ती नेताहरुले आफ्नो जीवन बलिदान गरे । उहाँले स्वतन्त्रता दिवसको पावन अवसरमा सम्पूर्ण ज्ञात अज्ञात स्वतन्त्रता सेनानीलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
उहाँले आफ्नो सन्देशमा कोविड १९ महामारीका कारण भारत अनि सिक्किम राज्यमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ।
सिक्किम सन् १९७५ मा भारतीय महासङ्घमा सामेल भएको उल्लेख गर्दै श्री चामलिङले एसडीएफ सरकारमा सिक्किमलाई राष्ट्रियमूलधारामा भावनात्मक रुपमा एकीकृत गर्न भरमग्दुर प्रयास गरेको उल्लेख गर्नुभएको छ। उहाँले “सिक्किम हाम्रो सुखिस्तान, देश हाम्रो हिन्दुस्तान”- नारा र सिद्धान्त अंगिकार गरेको उल्लेख गर्नुभएको छ। आफ्नो शुभकामना सन्देशमा श्री चामलिङले भन्नुभएको छ, हामीले शान्तिको विरासत बनायौं जसले गर्दा सिक्किम देशभरि परिचित हुनपुग्यो ।