विभिन्न स्थानमा एसडीएफ पार्टीका सभाहरू सम्पन्न

गान्तोक। गत 28 अगस्तका दिन एसडीएफ पार्टीको दक्षिण जिल्ला जनसम्पर्क अभियान अन्तर्गत बर्फुङ समष्टिको डाँढ गाउँ हिङ्दाममा एउटा सभा सम्पन्न भयो। सभाको अध्यक्षता वरिष्ठ उपाध्यक्ष प्रभारी श्री विनोद राईले गर्नुभएको थियो। सभामा महासचिव श्री पुलपुल भोटिया, जिल्ला उपाध्यक्ष श्री युवराज राई, युवा सङ्गठनका महासचिव श्री ललित प्रधान, युवा संयोजक पाल्जोर भोटिया, चेली संयोजक श्रीमती बन्दना राई, श्रीमती अनिता गौतमलगायत अन्य पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । बैठकमा एसडीएफ पार्टीको नीति, सिद्धान्त, कार्यक्रम अनि रणनीतिबारे छलफल भएको थियो।
सोही दिन लोवर मार्तम रूम्तेक समष्टिको लोवर लिङ्दुममा उपाध्यक्ष श्री कर्मा डिछेन भोटियाको अध्यक्षतामा सभा सम्पन्न भयो।
28 अगस्त कै दिन सिङताम-खामदोङ क्षेत्रमा पनि एसडीएफ पार्टीको सभा उपाध्यक्ष श्री एलएम भट्टराईको अध्यक्षतामा सम्पन्न भयो। सभामा चेली मोर्चा उपाध्यक्ष श्रीमती सकुन गुरुङ, पूर्व जिल्ला युवा संयोजक श्री राजेश वालिङ, उपाध्यक्ष श्री जी एम गुरुङ, सुश्री बन्दना शर्मा, सचिव श्री राजेश राई, सचिव श्री धिरज गुरुङ र अन्य धेरै कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यसरी नै गत 27 अगस्तको दिन एसडीएफ पार्टीको क्षेत्रस्तरीय सभा मल्ली क्षेत्र अन्तर्गत किताम मानपुरमा सम्पन्न भयो। सभामा दक्षिण जिल्ला कार्यकारिणी समितिका उपाध्यक्ष श्री गोकुल राई, वरिष्ठ उपाध्यक्ष श्री चन्द्र खालिङ, उपाध्यक्ष श्री हरि गुरूङ, युवा कार्यकर्ता श्री सुदीप बस्नेत, चेली कार्यकर्ता मोनिका प्रधान आदिको उपस्थिति रहेको थियो।
यसरी नै 26 अगस्तको दिन तुमिन लिङ्गी क्षेत्रको राक्दोङ तिनतेकमा एसडीएफ पार्टीको सभा सम्पन्न भयो। सभामा उपाध्यक्ष श्री डम्बर दाहाल, पूर्व जिल्ला अध्यक्ष, श्री कर्माटाँशी भोटिया, पूर्व जिल्लाका युवा संयोजक श्री राजेश वालिङ, सचिव श्री धीरज गुरुङ, सचिव श्री राजेश राई र पञ्चायत अनि स्थानीय जनताको उपस्थिति रहेको थियो।
सोही प्रकारले 22 अगस्तको दिन तिमी नाम्फिङ समष्टिको आदर्श गाउँमा पनि एसडीएफ पार्टीको जनसम्पर्क अभियान सम्पन्न भयो। सभाको अध्यक्षता वरिष्ठ उपाध्यक्ष सङ्गठन श्री विनोद राईले गर्नुभएको थियो। सभामा युवा सङ्गठन महासचिव श्री ललित प्रधान, सोसियल मिडिया महासचिव श्री भीमसेन तिवारी, युवा संयोजक श्री पाल्जोर भोटिया, चेली संयोजिका श्रीमती बन्दना राई, सीएलसी अध्यक्ष श्री डीआर खतिवडा तथा अन्य पार्टी कार्यकर्ताहरूको उपस्थिति थियो। श्री विनोद राईले पार्टीको नीति र सिद्धान्तलाई जन जनमा पुऱ्याउन सबैलाई आग्रह गर्नुभयो।
स्मरण रहोस्, यी सबै सभा कोविड दिशानिर्देश अनि सामाजिक दुरीलाई कायम गरेर सम्पन्न भएका थिए।