सिक्किम परिवर्तन

एसकेएम पार्टी, जिल्ला प्रशासन र पुलिस प्रशासनबीच दमनकारी साँठगाँठ

अहिले सिक्किममा सरकार, सत्तारुढ़ पार्टी, पुलिस प्रशासन र नागरिक प्रशासनबीच दमनकारी साँठगाँठ चरममा छ। यस्तो साँठगाँठबाट राज्यमा अनेकौं घटनाहरु घटाइएको छ। 30 अप्रेलको दिन पनि सोरेङमा एसकेएम पार्टी र सरकार, पुलिस प्रशासन र नागरिक प्रशासनले दमनकारी साँठगाँठ गरेरै एसडीएफ पार्टीका युवा नेताहरुमाथि भएको प्राणघातक आक्रमण गराएका हुन्। यो घटना एसकेएम

Read more »

सरकारले सिक्किमेहरूको भाग खोस्न बन्द गर्नुपर्छ : चामलिङ

सिक्किमेली जनताको जनादेशअनुरूप विपक्षमा रहेर सिक्किमेली जनताको पक्षमा सदनबाट होस् वा सामाजिक सञ्जालमार्फत् आवाज उठाउने क्रममा नाम्ची-सिङ्गीथाङ समष्टिका विधायक तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले 17 अप्रेल, 2022 -को आफ्नो प्रश्नोत्तर-मालामा सिक्किम सरकारले सिक्किमेली विद्यार्थीहरूलाई 50 वटा मेडिकल सीट उपलब्ध गराएको दावी गरिरहेको सम्बन्धमा त्यसको सत्यताबारेमा जनस्तरबाट उठेको प्रश्नको जवाफ दिनुभएको

Read more »

त्यो सिक्किम बचाउने चुनाउ थियो यो सिक्किम बचाउने समय हो

– सन्दीप छेत्री सन् 2019 -को नववर्षमा सिक्किमेली जनगणलाई शुभेच्छास्वरूप प्रदान गरिएको एसडीएफ पार्टीको क्यालेण्डरमा अध्यक्ष पवन चामलिङको एउटा उक्ति प्रकाशित भएको थियो। हुन त प्रतिवर्ष एसडीएफ क्यालेण्डरमा अध्यक्ष चामलिङको समय-सान्दर्भिक भनाइ प्रकाशित हुनेगर्छ। तर 2019 चुनावी वर्ष पनि रहेको हुनाले सो वर्षको क्यालेण्डरमा उनको चुनाउसन्दर्भित उक्ति प्रकाशित भएको थियो

Read more »

एमसीएक्स : गोलेको भनाइ “सरकारको हात छैन” झूटो भएको खुलासा

`द हिन्दू’ -को बिजनेस लाइनमा प्रकाशित एउटा नयाँ रिपोर्टअनुसार सिक्किम सरकारको वित्त विभागद्वारा प्रेषित एउटा ईमेलले नै सिक्किममा कमोडिटी निवेशमा व्यापक बढ़ावा दिन महत्वपूर्ण भूमिका खेलेको हुनसक्छ। यसअघिको एउटा रिपोर्टमा सिक्किमका 2200 जनाजति निवेशकर्ता व्यापारीहरूले केवल फरवरी महीनामा मात्रै 6 बिलियन डलर (46 हजार करोड़ रुपियाँ) बराबरको वस्तु व्यापार गरेको

Read more »

सी.पी. शर्माहरूको छटपटीको मूल कारण

विष्णु दुलाल मुख्यमन्त्री पी.एस. गोलेका प्रवक्ता तथा उनका साहित्य प्रभारी सी.पी. शर्माको बेसुरो प्रेस विज्ञप्ति फेरि पढ़्न पाइयो। उनी साहित्यकार पनि भएकाले गोलेले उनलाई साहित्य प्रभारी पनि बनाएका होलान् भन्ने लाग्थ्यो। तर उनको प्रेस विज्ञप्तिको भाषाले सी.पी. शर्मा एक साहित्यकार नभएर आफ्नो आत्मसम्मानलाई एउटा आरोपीको रछ्यान बनाएर अर्को पार्टीको नेतालाई

Read more »

एसकेएम सरकारमा भ्रष्टाचारको पराकाष्ठा

– विष्णु दुलाल 2019 – को चुनाउ सिक्किम बचाउने चुनाउ हो भन्दाभन्दै पनि एउटा अन्धोले अर्को अन्धोलाई अनुगमन गरेर खाल्डोमा झरेजस्तै परिवर्तनको नारालाई अनुगमन गर्ने हुँदा आज सिक्किम खाल्डोमा परेको हो भन्नमा दुइमत नहोला। सिक्किमलाई भ्रष्टाचारमुक्त राज्य बनाउने वाचा र कसम खाएर सत्ता हत्याउन सफल बनेको एसकेएम पार्टीको सरकारमा ३

Read more »

एमसीएक्स घोटालालाई ढाकछोप गर्ने पीएस गोलेको प्रयास

मल्टी कमोडिटी एक्सचेञ्ज (एमसीएक्स) –मा सिक्किमका व्यापारीहरुको नाममा भएको कारोबारको परिमाणले अहिले सिक्किममा निकै चिन्ता सिर्जना गरेको छ। तर यसलाई लिएर सिक्किमका सम्पूर्ण सत्ताजीवीहरू मौन छन्, मन्त्री-विधायक मौन छन्, वक्ता-प्रवक्ताहरू मौन छन्। मुख्यमन्त्री पी.एस. गोलेले अम्बेदकर जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उल्टै यस मामिलालाई ढाकछोप गर्ने प्रयास गरे। उनले आफ्नो

Read more »

एसकेएमको रणनीति : नबोलेरै जित्ने!

सरकारी जमीनमाथि कम्पनीको कथित अतिक्रमणको विरोधमा धरना। संसारमा आजसम्म जति पनि जनविरोधी र तानाशाही सरकारहरू भए, तिनीहरूले जनताको सामु हुँदा मक्ख पार्ने चिप्ला पार्ने कुराहरू मात्र गरे तर जतिखेर जनताले, विपक्षले प्रश्न उठाए, त्यतिखेर उनीहरू अबोला भएरै, ढीट बनेरै बसे। उनीहरू सोच्दछन् – नबोलेरै केही समय काटे भने विषय आफै

Read more »

एसकेएमको सातमिनटे सकस : नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार!

पी.डी. राई भर्खरै समाप्त भएको चारदिने बजट सत्र सबैलाई एउटा मजाक महसुस भएको छ। निश्चय नै, सरकार अनि ट्रेजरी बेञ्चको हकमा भने होइन। वास्तवमा यदि कसैले हाम्रो सिक्किम पार्टी (एचएसपी) –का संस्थापक एवं कार्यवाहक अध्यक्षको प्रेसवार्तालाई ध्यानपूर्वक सुनेका छन् भने एउटा कुरा एकदमै स्पष्ट हुन्छ कि फगत एउटा संवैधानिक कर्तव्य

Read more »

व्यापारिक मूल्यमा अप्रत्याशित वृद्धिः खोजबीन आवश्यक

सिक्किमको व्यापारिक मूल्यमा जुन आश्चर्यजनक वृद्धि भएको छ त्यो अप्रत्याशित वृद्धि हो भनी पत्रकार पलक शाहले भनेका छन्। पलक शाह ‘द मार्केट माफिया’ पुस्तकका लेखक तथा हिन्दू, बिजनेस लाइन, इकोनोमिक टाइम्स, बिजनेस स्ट्यान्डर्ड र फाइनान्सियल एक्सप्रेसका वित्तीय पत्रकार हुन्। रिपोर्टअनुसार कमोडिटी एक्सचेन्ज अर्थात् वस्तु विनिमय (यसमा खाद्यान्न, कृषि उत्पाद, काँचो

Read more »